भीड भएपछि प्रशासनले भन्यो –आफुलाई पायक पर्ने ठाउँमा जानुहोस्
कहाँ जाने ?
पाेखरा | असार ६, २०८१
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीमा राष्ट्रिय परिचयपत्र बनाउनेको भीड भएपछि सूचना जारी गर्दै कास्कीका विभिन्न ५ स्थानबाट सेवा वितरण गर्ने बताएको छ ।
सूचनामा भनिएको छ, ‘राष्ट्रिय परिचयपत्रको आवेदन संकलन गर्ने,फोटो खिन्चे प्रयोजनको लागि कास्की जिल्ला स्थायी ठेगाना भएका नागरिकहरुले तपशिल बमोजिमको स्थानबाट सेवा लिनुहुन अनुरोध छ ।’
जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका भित्रका वडा नम्बर १को कार्यालय, वडा नम्बर १७ को कार्यालय र वडा नम्बर २७ को कार्यालयबाट सेवा लिन सक्नेछन् ।

यसैगरी अन्नपूर्ण र मादी गाउँपालिकाका नागरिकहरुले जिल्ला प्रशासन कार्यालय र रुपा गाउँपालिकाका नागरिकहरुले इलाका प्रशासन कार्यालय लेखनाथबाट सेवा लिन पाउँनेछन् ।
उल्लेख गरिएका स्थानबाट नागरिकले राष्ट्रिय परिचय पत्रको आवेदन र फोटो खिच्नेमात्रै सेवा प्राप्त गर्नेछन् ।
यो पनि पढ्नुहोस
नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्रको अनिवार्यता गर्ने बताएपछि देशैभरका प्रशासन कार्यालयमा भीड बढेको छ ।
गत महिना मात्रै कास्कीको प्रमुख जिल्ला अधिकारीका रुपमा आएका भरतमणि पाण्डेले मुख्य रुपमा विपद् व्यवस्थापन र ग्राहकमुखी सेवा प्रदान गर्ने योजना सुनाएका थिए ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...


